काठमाडौं । सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरुले काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका छन् ।तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ७ का दिपक भण्डारी धर्नामा बसेको बेला महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिसँग गत चैत १२ गते भएको सहमति अनुसारको सामुदायिक सहायता सेवा सुरुवात नभएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ मा सामुदायिक सहायता सेवाको व्यवस्था छ ।
सामुदायिक सहायता सेवा २०८१ वैशाख १ गतेबाट सुरुवात गर्ने सहमति भएको थियो । त्यसको कार्यान्वयनका लागि आवश्यक मापदण्ड र कार्यक्रम बनाउन मन्त्रालयका सहसचिव रामकृष्ण रामकृष्ण लामिछानेको संयोजकत्वमा ३ सदस्यीय समितिसमेत गठन गरिएको थियो ।समितिमा राष्ट्रिय अपांग महासंघका नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की र तनहुँ म्याग्देका दिपक भण्डारी सदस्य थिए ।
ADVERTISEMENT

