दाङ । दाङको पाण्डवेश्वर मन्दिर धारापानीमा शिवको पूजा आरधाना गरी आज महाशिवरात्रि मनाइँदैछ ।आज बिहानैबाट मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको छ । हरेक वर्ष मनाइने महाशिवरात्रिका दिन मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।आजको दिन भग्वान शिवको मन्दिरमा विषेश पूजा आराधना गर्ने गरिन्छ । महाशिवरात्रिको दिन भारतबाट समेत दर्शनार्थीहरू आउँने गरेका छन् ।
शिवरात्रिको दिनदेखि नै मेला पनि लाग्ने गर्दछ । यसअघि शिवरात्रिको दिनमात्रै मेला लाग्ने गरेकोमा यो वर्ष भने दुई दिन मेला लाग्ने भएको छशुक्रबारदेखि सुरु भएको मेला आजसम्म लाग्ने मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले बताए ।
ADVERTISEMENT