काठमाडौँ । जनमत पार्टीले आगामी निर्वाचनका लागि आफ्ना नेताहरूलाई आफैँ उम्मेदवार घोषणा नगर्न आग्रह गरेको छ । नेताहरूले आफ्नै तरिकाले समाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा उम्मेदवार घोषणा गर्न थालेपछि पार्टीले यस्तो आग्रह गरेको हो । जनमतले आफ्ना सम्पूर्ण समितिलाई एक सर्कुलर जारी गर्दै प्रतिनिधि सभा सदस्यको निर्वाचन, २०८२ मा पार्टीले नै उम्मेदवार बनाउने उल्लेख छ ।
तोकिएको मापदण्ड पूरा गरेका सम्भावित निवेदकहरूबाट कार्यकारिणी समिति तथा केन्द्रीय सचिवालयले उम्मेदवार घोषणा गरिने पार्टीले जनाएको छ । उम्मेदवारको घोषणा कुनै जिल्ला समिति वा प्रदेश समितिले पनि गर्न नपाउने जनमतले स्पष्ट पारेको छ हालसम्म उम्मेदवार घोषणा नगरिएकाले कोही पनि पार्टीको आधिकारिक नभएको र कसैले आफै प्रचारबाजी गरी टिकट नपाए ऊ स्वयं जिम्मेवार हुने पनि पार्टीले जानकारी गराएको छ ।
ADVERTISEMENT

