विराटनगर । मोरङको जहदामा भाइको हत्या गरी दाजु फरार भएका छन् । जहदा गाउँपालिका–७ तरिगामास्थित मझारेका २८ वर्षीय श्रवणकुमार साहमाथि दाजु राजकुमार साहले धारिलो हतियार प्रहार गरेका थिए । सामान्य घरायसी विवादमा भाइको हत्या गरी दाजु भारत भागेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार सामान्य विवादमा बुधबार राति हतियार प्रहार भएको देखिन्छ । धारिलो हतियारबाट घाइते भएका श्रवणलाई विराट टिचिङ अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।घटनास्थलबाट भारतीय सीमा करिब १ सय मिटर दूरी टाढा छ । भाइको हत्यापछि दाजु भारत तर्फ भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक श्रवण र फरार राजकुमार काकाठूलो बुवाका छोरा हुन् घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

