बाँकेको ८ पालिकामा १५ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक?
zeenepal
२०७९ जेष्ठ २,
6
Shares
नेपालगन्ज जेठ : बाँकेको ८ पालिकाका १५ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बाँकेमा कुल ८१ वटा वडामध्ये अहिलेसम्म १५ वटा वडाको मतपरिणाम सार्वजनिक भएको हो आईतबार राती सवा १२ बजेसम्म प्राप्त अपडेट अनुसार नेकपा एमालेले ५, नेपाली काँग्रेसले ४, नेकपा माओवादी केन्द्रले ३, जनता समाजवादी पार्टी (जसपा)ले २ तथा राप्रपाले १ वटा वडा जितेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका प्रमोद रिजाल निर्वाचित भएका छन् ।
उनले कुल ७८१ मत प्राप्त गर्दै वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि सोही वडाका वडाअध्यक्ष पनि हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका तारामान कुँवरले ७२७ मत प्राप्त गरे । भने नेपाली काँग्रेसले ५८१ मत प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझाउनु प¥यो ।नेपालगन्ज वडा नम्बर २ मा राप्रपाका मनोज श्रेष्ठ निर्वाचित भए । राप्रपाका मनोजले ५ सय ५० मत प्राप्त गरी निर्वाचित भएका हुन् । यसअघि उक्त वडा नेपाली काँग्रेसले जितेको थियो ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रदीप श्रेष्ठले ५ सय ३४ मत प्राप्त गरेका छन् । राप्रपाका विजयी उम्मेदवार मनोज र निकटतम प्रतिद्वन्द्वी प्रदीपबीच १६ मतको अन्तर छ । यस्तै वडा नम्बर–२ मा जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवारले २ सय ९३ मत प्राप्त गरेका छन् । उनी तेस्रो स्थानमा समेटिएका हुन् ।
नेपालगन्ज २२ मा जनता समाजवादी पार्टी (जसपा)का अब्दुल गफ्फार हलवाई निर्वाचित भएका छन् । उनी जनता समाजवादी पार्टी (जसपा) बाट वडाअध्यक्षको उम्मेदवार भएका थिए । २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका विद्याराम वर्मा निर्वाचित भएका थिए ।हलवाइले ६१५ मत प्राप्त गरे । भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विद्यारामले ६०४ मत प्राप्त गरे । हलवाई ११ मतले विजयी भएका हुन् । भने राप्रपाका चेतबहादुर घर्तीमगरले ३४३ मत प्राप्त गरे ।
नेपालगन्ज २३ मा नेपाली काँग्रेसका जबर अलि बेहना २३२ मत प्राप्त गर्दै निर्वाचित भए । जब्बर अलीले निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद हुसेन शेषलाई ४० मतान्तरले हराए । जब्बर काँग्रेसको वडा नम्बर–२३ को बुथ सभापति समेत हुन् । जसपाका शेष यस अघिका वडा अध्यक्ष हुन् । शेषले १९४ मत पाएका छन् ।
यस्तै जानकी गाउँपालिका वडा नम्बर १ मा जसपाका जसपाको प्यानल विजयी भएकोछ । जसपा नेपालका मोहम्मद रजा राइ वडा अध्यक्षमा एक हजार १ सय ७४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसले ८४० मत प्राप्त गर्यो भने नेकपा माओबादीले ५४० तथा नेकपा एमालेले १९८ मत प्राप्त गर्दा राप्रपाले १५१ मत प्राप्त गरेकोछ ।
वडा नम्बर २ मा नेकपा माओबादी केन्द्रका चन्द्रिका प्रसाद गुप्ता विजयी भए । नेकपा माओवादी केन्द्रका गुप्ता दोस्रो कार्यकालका लागि वडा अध्यक्ष निर्वाचित भएका हुन् । उनी यसअघि पनि वडा अध्यक्ष थिए । गुप्ताले ८७५ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका अनिल कुमार बर्माले ७८४ मत ल्याए ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ को वडाअध्यक्षमा नेकपा एमालेका यमबहादुर खड्का निर्वाचित भएका छन् । उनीसहित एमालेको पुरै प्यानल निर्वाचित भएको हो ।
खड्काले ८ सय ७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका तेज बहादुर सुवेदीले ६ सय ४१ मत प्राप्त गरेका छन् । यसैगरी खुल्ला सदस्यमा एमालेकै चुर्णबहादुर भण्डारी र भरत बुढाथोकी, महिला सदस्यमा एमालेकै यमकुमारी ओली र दलित महिला सदस्यमा निर्मला बिक निर्वाचित भएका छन् ।
यमकुमारी २०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेबाटै महिला सदस्यमा निर्वाचित भएकी थिइन् । अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसले वडाअध्यक्ष सहित ३ वडासदस्य जितेको थियो । राप्ती सोनारी १ नम्बर नेपाली काँग्रेसका क्षेत्रीय सभापति पोषण केसी र निर्वतमान सभापति माधवराम खत्रीको वडा हो ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा एमालेका उम्मेदवार ज्ञानेन्द्र वली (ज्ञानु) विजयी भएका छन् ।
उनी भारी मतका साथ विजयी भएका हुन् । नेपाली कांग्रेसका प्रतिद्वन्दी उम्मेदवार तुलाराम खत्रीलाई ४ सय ८७ मतअन्तरले हराउँदै ओली वडा अध्यक्षमा विजयी भएका हुन् । कुल ४ हजार ६ सय ५५ खसेको मत मध्ये ओलीले २ हजार ९७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलाराम खत्रीले एक हजार ६ सय १० मत प्राप्त गरे । भने राप्रपाका मदनबहादुर खत्रीले ३६९ तथा नेकपा माओबादी केन्द्रका तिलबहादुर घर्तीमगरले २०९ मत प्राप्त गरे ।
राप्तीसोनारी ३ मा एमालेका मीनकुमार थारु निर्वाचित भएका छन् । एमालेका अध्यक्षका उम्मेदवार मिनकुमार थारुले एक हजार तीन सय ४३ मत ल्याएर प्यानलै विजयी भए ।
यसैगरि, महिला सदस्यमा सुमित्राकुमारी थारु दलित महिला सदस्यमा रिता दमाई, खुल्ला सदस्यतर्फ पुन्वा थारु र मंगलबहादुर ओली विजयी भएका छन् । यसअघि निर्वाचनमा उक्त वडामा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको थियो ।
यसैगरी कोहलपुर नगरपालिका वडा नम्बर १ मा नेकपा (माओवादी केन्द्र) का बद्रीप्रसाद जैसीको प्यानल विजयी भएकोछ । नेकपा एमालेको गढका रुपमा परिचित उक्त वडाको वडाअध्यक्षमा माओवादीका बद्रीप्रसादले ७ सय २४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र खनालले ६ सय ४८ मत प्राप्त गरे ।
कोहलपुर १५ मा नेपाली काँग्रेसका दीपेन्द्रकुमार थारु वडाअध्यक्षमा निर्वाचित भएका छन् । वडा अध्यक्षमा काँग्रेसको पूरै प्यानल निर्वाचित भएको हो ।
त्यस्तै खुजुरा गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका मनबीर खत्री विजयी भएकाछन् । एमालेको पकड मानिने १ नम्बर वडामा काँग्रेस–माओवादी गठबन्धनका काँग्रेसबाट उम्मेदवार मनवीर १८५ मत अन्तरले निर्वाचित भए । २०७४ को स्थानीय तह निर्वाचनमा खजुरा–१ मा एमालेका सुमन मल्ल विजयी भएका थिए ।
खजुरा २ मा काँग्रेस–माओबादी गठबन्धनका उम्मेदवार धनिराम ओलीले विजयी भए । ओलीले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदार समर बहादुर खत्री हराएका हुन् ।
माओवादी केन्द्रका धनीराम ओलीले ३ सय ७८ मत अन्तरले खत्रीलाई हराएका हुन् । ओलीले २ हजार ४ सय २९ मत ल्याउँदा खत्रीले २ हजार ५१ मत ल्याएका थिए । वडामा गठवन्धन कै उम्मेदवार मैसरी पुन महिला सदस्यमा निर्वाचित भएका हुन् । एमालेका ३ जना सदस्य पदका उम्मेदवार बिजयी भएका छन् । दलित महिला सदस्य सिता बिक, खुल्ला सदस्य मिना सुनार र अर्का खुल्ला सदस्य लक्ष्य बिक विजयी भएका हुन् ।
डुडुवा गाउँपालिका वडा नम्बर १ मा काँग्रेसका पटेश्वरी कुर्मीसहितको प्यानल विजयी भएकोछ । नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष पटेश्वर कुर्मीले ८४२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण गोपाल यादवले ७६० मत ल्याए । तेस्रो स्थानमा जनता समाजबादी पार्टीका बद्री यादवले ३२९ मत ल्याए ।
बैजनाथ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका रुपबहादुर मल्ल निर्वाचित भएका छन् । यद्यपी आईतबार राती मतगणनामा विवाद भएपछि अन्तिम मत परिणाम आउन बाँकी छ ।