बुटवल । स्वास्थ्य मन्त्रालयले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति गर्न मङ्सिर २५ गते गरेको सूचना हाललाई रोक्न उच्च अदालत तुलसीपुरले अल्पकालीन आदेश जारी गरेको छ ।उच्च अदालत तुलसीपुरका सूचना अधिकारी कृष्णप्रसाद शर्माले प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थीले दायर गरेको रिटमा पुस ८ गते छलफलमा दुवै पक्षलाई बोलाउने आदेश दिएको बताए ।
उनले ८ गतेसम्म नियुक्तिको प्रक्रिया अघि नबढाउन र अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने बारे आगामी पेशिमा छलफल पछि मात्रै थाहा हुने बताए ।उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले मंगलबार यस्ताे आदेश दिएको हो ।
ADVERTISEMENT

