नेपालगन्ज : नेपालगन्जबाट नजिक भारतीय सिमा रूपईडीहा-चकिया वन क्षेत्रबाट निस्केर गाउँ–बस्तीमा पसेको बाघले आक्रमण गर्दा तीन जना घाइते भएका छन् ।स्थानीयलाई उदृत गर्दै रुपैडिहाका पत्रकार सन्तोष शुक्लाले दिएको जानकारी अनुसार बुधबार बिहान नित्यकर्मका लागि घर बाहिर निस्किएका स्थानीयमाथि अचानक बाघले आक्रमण गरेपछि त्यस क्षेत्रमा त्रास फैलिएको छ ।
बजारबाट करिव तीन किलो मिटरको दूरीमा पाटेबाघ खुलेआम घुमिरहेको छ, भने त्यहाँबाट जंगलको दूरी करिव ८ किलोमिटर रहेको बताइएको छ। घटनाको खबर पाउनासाथ प्रहरी र वन विभागका अधिकारीहरू घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन । तर, हालसम्म बाघलाई नियन्त्रणमा लिन सकिएको छैन ।आक्रमणमा घाइते भएका स्थानीय राधे बर्मा, अंकित र एक बालिकाको जिल्ला अस्पताल बहराइचमा उपचार भइरहेको छ । स्थानीयवासीहरूलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ । सिमावर्ती जिल्लामा बाघ देखा परेपछि नेपाली समुदायमा पनि त्रास फैलिएको छ ।
ADVERTISEMENT

