काठमाडौँ — न्याय परिषद्को बैठकले न्याय परिषद्का सचिव जितेन्द्रबाबु थपलियालाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले चार दिनपछि अवकाश हुने सचिव थपलियाको नाम सिफारिस गरेको हो । उनलाई उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा सिफारिस गरेको हो । परिषद्को बैठकमा उच्च अदालतको रिक्त चार न्यायाधीश नियुक्तिको तयारी गरेको थियो । तर, कानुनमन्त्री सोबिता गौतमले अरु नाममा छलफल नगरौँ भनेपछि थपलियाको नाममा सिफारिस गरिएको हो । उनी यसअघि विशेष अदालतका रजिष्ट्रार थिए । उनी विगतका सिफारिसमा छुटेका थिए ।
ADVERTISEMENT

