काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएको मितिमा निर्वाचनमा सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन् । शुक्रबार हात्तिवनस्थित निवासमा पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा उनले फागुन २१ गते जसरी पनि निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।उनले सो निर्वाचन सम्पन्न गराउनका लागि आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको सञ्चारमन्त्री खरेलले जानकारी दिए । त्यस अवसरमा दाहालले निर्वाचनका लागि आवश्यक तयारीको कामलाई तीव्रता दिन पनि सरकारलाई आग्रह गरेका थिए ।
मन्त्री खरेलले भने,‘दाहालले नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट निर्वाचनको विकल्प नभएकाले जसरी पनि निर्वाचनमा जानुपर्छ । र फागुन २१ मा नै निर्वाचन हुनुपर्छ भन्ने नेपाली कम्युनिष्ट पार्टीको स्पष्ट धारणा दोहोर्याउनुभएको छ । र निर्वाचनको लागि सरकारलाई सरकारले गर्ने प्रतिवद्धता समेत प्रचण्डले हामीसँगको कुराकानीमा व्यक्त गर्नुभएको छ ।सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन राजनीतिक संवाद समिति नै बनाएर प्रमुख तीन दलका शिर्ष नेताहरुसँगको भेटवार्तालाई निरन्तरता दिएको हो । यसैक्रममा शनिवार प्रधानमन्त्री सुशीला कार्कीले पनि देउवा, ओली र दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
ADVERTISEMENT

