
सम्झौतासँगै कोइकाले यो परियोजनामा ९० लाख अमेरिकी डलर सहयोग गर्नेछ । परियोजना ५ वर्ष चल्ने सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले जानकारी दिए । परियोजना दक्ष जनशक्ति उत्पादन गर्न सञ्चालन गरिएको हो,' उनले भने, 'यस परियोजनाले निर्माण उद्योगको आवश्यकता पूरा गर्न र उनीहरूको रोजगारी बढाउन दक्ष जनशक्तिको विकास गरी नेपालको आर्थिक वृद्धिमा योगदान पुर्याउने लक्ष्य राखेको छ।' कोइकाले प्राविधिक संस्थान भवन निर्माण गरिदिन्छ ।
यस्तै, अल्पकालीन तालिम, संस्थानको सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको साझेदारी पहिचान गरी प्राविधिक संस्थानको गुरुयोजनाको विकासका लागि प्राविधिक मार्गदर्शन र सहयोग पनि प्रदान गर्नेछ । हस्ताक्षरपछि मुख्यमन्त्री पाण्डेले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सहकार्यको प्रशंसा गरे । उनले आयोजनाले नेपालको आर्थिक समृद्धिका लागि आवश्यक सीप र दक्ष जनशक्ति उत्पादन गर्ने दाबी गरे । परियोजनाका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने उनको प्रतिबद्धता छ । कोइकाका कन्ट्री डाइरेक्टर कङले परियोजनाले युवा, महिला र विपन्न वर्गका लागि गुणस्तरीय प्राविधिक शिक्षामा पहुँच पुग्ने विश्वास व्यक्त गरे ।