काठमाडौँ । नेपाल–भारत एग्रिकल्चर वर्किङ ग्रुपको नवौँ संयुक्त बैठक सुरु भएको छ । दुई देशका सहसचिवस्तरको उक्त बैठक आजदेखि काठमाडौँमा सुरु भएको हो ।भौतिक तथा भर्चुअल माध्यमबाट समेत चलेको उक्त बैठकमा १२ जना र भारतका १४ जना सदस्य सहभागी छन् । बैठकमा नेपालका तर्फबाट कृषि मन्त्रालयका सचिव डा.हरिबहादुर केसीसहित १२ जना तथा भारतको तर्फबाट कृषि मन्त्रालयका अतिरिक्त सचिव डा. प्रमोदकुमार महेद्रा सहित १४ जना सहभागी छन् ।
बैठकले दुई देशबिच कृषि क्षेत्रमा भएको सहकार्य र सहयोग आदानप्रदान र यसको प्रभावकारिता वृद्धिका सम्बन्धमा छलफल भएको मन्त्रालयका सहसचिव डा.केसीको भनाइ छ । नेपालले कृषि प्रविधि, बिउबीजनको जात तथा रासायनिक मल आयातसम्बन्धी हाल भारत र नेपालबिच भएको सम्झौतालाई अझै विस्तारित गर्ने सम्बन्धमा प्रस्ताव राखेको उनको भनाइ छ । आज सामान्य रूपमा भएको छलफल भोलि पनि जारी रहनेछ । भोलिको बैठकले छलफलका विषयमा सहमति गर्ने मन्त्रालयले जनाएको छ ।
ADVERTISEMENT

