काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा एकीकरण सहमतिसँगै आइतबार १२ बुँदे सम्झौता भयो ।सम्झौता अनुसार एकतापछि नयाँ दलको नाम जनता समाजवादी पार्टी जसपा नेपाल कायम हुने भएको छ ।एकतापछि लोसपाका अध्यक्ष महन्थ ठाकुर जसपा नेपालको संरक्षक र उपेन्द्र यादव पार्टी अध्यक्ष हुने भएका छन् । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ ।यस्तै सम्झौता अनुसार, ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको छ ।
यस्तो छ केन्द्रीय समन्वय समिति :
१). महन्थ ठाकुर २). उपेन्द्र यादव ३). अर्जुन थापा ४). अशेश्वर यादव ५). उमाकान्त झा ६). चन्देश्वर पासवान ७). जितेन्द्रप्रसाद सोनार ८). उमेश यादव ९). तारा विश्वकर्मा १०). दिपक कार्की ११). निर्जला राउत १२). प्रकाश अधिकारी १३). परमेश्वर साह १४). बलविर नेपाली १५). वृषेशचन्द्र लाल १६). डा.विजयकुमार सिंह १७). विनोदकुमार सिंह १८). मृगेन्द्रकुमारसिह यादव १९ मिनषकुमार मिश्र २०). मुकेशकुमार झा २१). मो. खालिद सिद्धिकी २२). रेणुकुमारी यादव २३). रमेशप्रसाद कुर्मी २४). रामकुमार शर्मा २५). राजकुमार राई २६). रकम चेम्जोङ २७). लालबाबु राउत २८). लाक्पा शेर्पा २९). लक्ष्मणलाल कर्ण ३०). शरत्सिंह भण्डारी ३१). सवेन्द्रनाथ शुक्ल ३२). डा. सुरेन्द्रकुमार झा ३३). डा. शिवजी यादव ३४). डा. सुरेन्द्रकुमार यादव ३५). सुरेश मण्डल ३६). सुनी लामा ३७). ह्रदयेश त्रिपाठी ३८). हरिनारायण यादव ३९). लालकिश्वर साह ४०). चन्देश्वरप्रसाद सिंह ४१). प्रमिला यादव ४२). जैनुल राइन ४३). लिलादेवी सिटौला
