वीरगञ्ज - पर्सा क्षेत्र नम्बर–१ का जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्जका विभिन्न वडाहरूमा घरदैलो तथा मतदातासँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रम वडा नम्बर–१८ (भवानीपुर र इनर्वा) र वडा नम्बर–२२ (जगरनाथपुर) मा आयोजना गरिएको थियो।
उम्मेदवार सरार्फले कार्यक्रममा मधेस आन्दोलन र जेन्जी आन्दोलनमा निर्दोष युवाहरूको हत्या गर्ने नेपाली कांग्रेस, एमाले लगायतका दल र ती दलका उम्मेदवारहरूलाई बायलेटको माध्यमबाट मतदाताले सजाय दिनुपर्नेमा जोड दिनुभयो। उहाँले जनताको अदालतमा ती पार्टीहरूलाई बहिष्कार गरी सचेत रहन समेत आग्रह गर्नुभयो।
सरार्फले देश र मधेसको निकासका लागि उत्कृष्ट दृष्टिकोण जनमत पार्टी र डा. सीके राउतसँग मात्र रहेको भन्दै आगामी निर्वाचनमा हर्न छापमा मतदान गर्न सबैमा अपिल गर्नुभयो।
कार्यक्रममा नेताहरू रम्भा मिश्रा, भुपेन्द्र साह, डा. मनोज कुमार, सिए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकि, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, नागेन्द्र सिंह, अन्जना गुप्ता, नजमा खातुन, अनिता रौनियार लगायतको सहभागिता रहेको थियो।

