वीरगंज - सगरमाथा एकेडेमी, मुर्ली वीरगंजमा कक्षा १० का विद्यार्थीहरूको १४औँ ब्याचलाई बुधबार भव्य रूपमा विदाई गरिएको छ। विद्यालयका संस्थापक तथा प्रिन्सिपल एवं नेशनल प्याब्सन वीरगंज नगर अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा चिल्ड्रेन पैराडाइस मा.वि.का संस्थापक रामविनय चौरसिया प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
विदाई कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा अन्य सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रमको संयोजन सञ्जीव यादवले गरेका थिए। कार्यक्रममा विद्यालयका प्रिन्सिपल गुप्ताले विदाई सन्देश दिँदै भने, “यो विदाई केवल कक्षाकोठा र बेन्चसँगको मात्र हो, सम्बन्ध र सद्भावसँग होइन। यहाँ सिकेका ज्ञान, अनुभव र संस्कारलाई जीवनको अमूल्य सम्पत्ति बनाएर अगाडि बढ्नुहोस्।”
कार्यक्रममा गूगल स्कूलका संस्थापक नरेश पटेल, गोल्डेन गेट स्कूलका संस्थापक शेख अजहर, शुभ तारा स्कूलका संस्थापक प्रमोद साह, अध्ययन स्कूलका संस्थापक गौतम श्रीवास्तव, ए–प्लस स्कूलका संस्थापक देव जैसवाल, नवयुग स्कूलका संस्थापक आनन्द पटेल, ममता विद्या मन्दिरका संस्थापक विश्वास शाह, ज्ञान उदय स्कूलका संस्थापक पतिराम शाह लगायत विभिन्न विद्यालयका प्रतिनिधि तथा शिक्षासेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयले आयोजना गरेको उक्त कार्यक्रम भावुक र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
ADVERTISEMENT

