काठमाडौँ । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्ध गैरकानुनी रुपमा ‘अकुत सम्पत्ति’ आर्जन र राजस्व चुहावट सम्बन्धी दुई वटा भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ ।विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइराला इजलासमा रहेको मुद्दा मंगलबार शर्माको कानुन व्यवसायीले स्थगित गराएका हुन् ।कर फ्छ्र्यौट आयोगले बक्यौता कर छुट दिँदा सही नियतले काम गरेको नदेखिएको भन्दै अख्तियालर छुट दिएको रकम भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेको थियो ।
यो मुद्दामा विशेष अदालतबाट यसअघि चुडामणी शर्मासहितलाई राजस्व चुहावटमा दोषी ठहर गरेको थियो । शर्मासहित कर फ्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप थियो ।
ADVERTISEMENT

