काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग शुक्रबार भेटवार्ता गरेका छन् । भेटका क्रममा दुई पक्षबिच कृषि विकास, वातावरण संरक्षण तथा यस क्षेत्रमा नेपाल–चीन सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको राजदूत झाङले बताए ।नेपालसँगको द्विपक्षीय सहयोगमार्फत नेपाली जनताले प्रत्यक्ष रूपमा लाभ लिन सक्ने ठोस कार्यक्रमहरू अघि बढाउने अपेक्षा राजदूत झाङले गरेका छन् ।
ADVERTISEMENT

