रूवी खानसँग सम्झौता कार्यान्वयन गृह मन्त्रालयलाई आयोगको पत्र
zeenepal
२०८१ असार ७,
18
Shares
काठमाडौं । निर्मला कुर्मीको न्यायका लागि आन्दोनमा रहेकी रूवी खानको समूहसँग भएका सम्झौता कार्यान्वयनको प्रगति माग्दै मानव अधिकार आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।रूवी खानलगायत महिलाहरूले कुर्मीलाई न्याय दिन माग गर्दै वर्षौंदेखि अनशन तथा प्रदर्शन गर्दै आएका छन् । मानव अधिकार आयोगले आन्दोलनको अनुगमन गरेपछि गृह मन्त्रालयलाई सम्झौता कार्यान्वयनको प्रगति ७ दिनभित्र उपलब्ध गराउन माग गर्दै पत्राचार गरेको हो ।
बाँकेकी निर्मला कुर्मीको अपहरण तथा सम्पत्ति कब्जा भएको विषयमा न्यायको मागसहित खानको समूहले २०७८ सालदेखि काठमाडौंमा प्रदर्शन गर्दै आइरहेको छ ।कुर्मीको घटना छानबिनका लागि २०७८ कात्तिकमा गृह मन्त्रालय अन्तर्गत छानबिन समिति गठन भएको थियो । उक्त समितिको प्रतिवेदनमा दोषीलाई प्रकाउ गरी अनुसन्धान अघि बढाउन सिफारिस गरेको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।