वीरगंज - जनमत पार्टी, पर्साको लोककल्याणकारी अभियानअन्तर्गत जारी निशुल्क आँखा शिविरको २४ औं र २५ औं शिविरहरू आज सम्पन्न भएका छन्। यस अभियानमार्फत अहिलेसम्म ३,१५० जना व्यक्तिहरू लाभान्वित भएका छन्।
पर्सा क्षेत्र नं. ३, सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ बालुवामा २४ औं शिविर सम्पन्न भएको छ, जहाँ १०२ जनाले लाभ प्राप्त गरेका छन् र ३३ जनामा मोतियाबिन्द भेटिएको छ। त्यस्तै, बहुदरमाई नगरपालिका वडा नं. ४ डकैला बहुअरीमा २५ औं शिविर आयोजित भएको थियो, जहाँ ७७ जनाले लाभ लिएका छन् र ३१ जनामा मोतियाबिन्दको समस्या देखिएको छ।
शिविरमा जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी दिँदै भने, "सम्पूर्ण लाभान्वित व्यक्तिहरूको मोतियाबिन्दको शल्यक्रिया वीरगन्ज सामुदायिक आँखा अस्पतालमा निशुल्क गरिनेछ।"
शिविरमा जनमत पार्टीका नेताहरू राजुराज गिरि, नजमा खातुन, रामराज साह, जय कुमार साह लगायत वीरगन्ज सामुदायिक आँखा अस्पतालका प्राविधिकहरूको सक्रिय सहभागिता रहेको थियो।
यो अभियान निरन्तर रूपमा गाउँदेखि सहरसम्म जारी रहने अध्यक्ष सरार्फले विश्वास व्यक्त गरे।
ADVERTISEMENT
