काठमाडौं । सरकारी सञ्चार माध्यमहरूमा मात्रै सरकारी विज्ञापन प्रदान गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले आगामी मंगलबार(३० असार) मा आफ्नो निर्णय सुनाउने भएको छ । न्यायाधीशहरू सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले ३० असारका लागि निर्णय सुनाउने मिति तोकेको हो ।सरकारको निर्णय गैरसंवैधानिक र गैरकानुनी भएको दाबी सहित नेपाल मिडिया सोसाइटीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको थियो ।
कानुन व्यवसायीहरूले बहसका क्रममा नीजि सञ्चार माध्यमहरूको अस्तित्व नामेट पार्न सरकारले विज्ञापन कटौतीको नीति लिएको आरोप लगाएका थिए ।गत १८ चैतमा सरकारले नीजि सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने निर्णय गरेको थियो । त्यसको अर्को साता नै नेपाल मिडिया सोसाइटी सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।

