काठमाडौँ । एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ ।एनसेल प्रयोगकर्ता तथा नयाँ एनसेल सिम लिने ग्राहकले यो सुविधा पाउनेछन् । नयाँ आइफोन मोडल खरिद गर्ने ग्राहकले असीमित डाटा, असीमित लोकल कल, दैनिक १५० वटा निःशुल्क एसएमएस र प्रिमियम कन्टेन्ट हेर्न सकिने लायन्सगेट ओटीटी प्लेटफर्मको सब्सक्रिप्सन पाउनेछन् ।
ADVERTISEMENT

