हत्या भएका चन्द्रबहादुरको टाउको सेफ्टीटंकीमा भेटियो
zeenepal
२०८१ आश्विन २८,
15
Shares
कोहलपुर बाँके : बाँकेको कोहलपुरमा हत्या गरिएका चन्द्रबहादुर कामीको टाउको प्रहरीले सोमबार बिहान फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले आइतबार टाउको गिडिएको अवस्थामा भेटिएको कामीको टाउको स्थानीय कमला परियारको घरको सेफ्टी टैंकीमा सोमबार बिहान भेटिएको जानकारी दिए ।
टाउको नभएको अवस्थाको मृतकको शव बरामद भएपछि प्रहरीले घटनास्थल नजिकै रहेको कुवा तथा संभावित स्थानमा खोजतलास गर्दा मृतकको टाउको सेफ्टी टेंंकी भित्र फालिएको अवस्थामा भेटाएको ह ।प्रहरीले घटनास्थलको मुचुल्का गरी पोष्टमार्टमको लागि शव भेरी अस्पताल नेपालगञ्जमा पठाएको छ । प्रहरीले आइतबार बिहान नै कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपरी नजिकै टाउको नभएको शव फेला परेको थियोे ।
प्रहरी उपरिक्षक कार्कीले घटनास्थल पिपरीदेखि करिव २ किलोमिटर पुर्व शितलनगरमा टाउको नभएको शव फेला परेको र दशैं टिकाको दिन शनिबार राती चन्द्रबहादुरको हत्या भएको प्रहरीको अनुमान छ ।प्रहरीका अनुसार मृतकका बुवाले चन्द्रबहादुरको शव पहिचान गरेका हुन । प्रहरी उपरिक्षक कार्कीले सो घटनामा संलग्न व्यक्तिको खोजी भईरहेको बताउनु भयो ।