काठमाडौं असार।गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक २०७९’ पारित गर्न राष्ट्रियसभाका सांसदहरुलाई आग्रह गरेका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा सो विधेयकबारे सांसदहरुले उठाएका जिज्ञासाहरूको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले दलीय सहमतिकै आधारमा अघि बढेकाले यसलाई तत्कालका लागि पारित गरेर अघि बढाउन उपयुक्त हुने धारणा राखेका हुन् ।
नले सो विधेयक अत्यावश्यक भएकाले पनि पारित गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे । गृहमन्त्री खाँणले सो विधेयकमा अपांगता भएका व्यक्तिहरुको बारेमा सांसदहरुले दिएको सुझावलाई सरकारले गम्भिरतापूर्वक लिने विश्वास समेत व्यक्त गरे ।
ADVERTISEMENT

