काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावहकले मात्रै गर्नसक्ने बताएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थल तर्फको टर्मिनल भवनहरुमा राखिएका पसलहरु र बोर्डिङ पास कक्षको अनुगमन गर्दै उनले यस्तो बताएका हुन् । उनले टर्मिनल भवनहरुमा राखिएका सामग्री र हवाई टिकटको भाडा बढी लिएको जनगुनसो बढेपछि अनुगमन गर्नुपरेको बताए ।
मन्त्री किरातीले अुगमनका क्रममा सरकारले तोकेको भन्दा बढी भाडा नलिएको बताए । उनले उडानमा ढिला नगर्न निर्देशन दिए । लो रेटका टिकटहरु कम र हाइ रेटका टिकटहरु बढी बेचेको पाएकाले अबबाट लो रेटमा टिकट बढी बेच्न निर्देशन दिएको पनि बताए ।मन्त्री किरातीले पर्यटन बिना नेपालको समृद्धि सम्भव नरहेको भन्दै पर्यटक बढी भित्र्याउन उडानमा सुविधा दिनुपर्ने बताए ।

