अराजक काम गर्नेलाई कानुन बमोजिम कारबाही हुन्छ : गृहमन्त्री लेखक
zeenepal
२०८१ माघ ४,
21
Shares
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अराजक काम गर्नेलाई कानुन बमोजिम कारबाही हुने बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले अराजक काम गर्ने जो सुकै भएपनि अनुसन्धानको दायरामा ल्याएर कानुन बमोजिम कारबाही गरिने बताएका हुन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणका विषयमा धारणा राख्दै उनले भने,‘दिनेश त्रिपाठीमाथि आक्रमण भएको विषयमा ध्यानाकर्षण भएको छ । हामी लोकतान्त्रिक व्यवस्थामा छौँ । पेसागत अधिकार हकलाई सुनिश्चित गरिएको छ । उपचार गरे बापत चिकित्सक, बहस गरेबापत अधिवक्ता कुटिने भए समाज कहाँ पुग्छ ? दिनेश त्रिपाठीमाथि भएको आक्रमणमा निन्दनीय छ ।’ गृहमन्त्री लेखकले दिनेश त्रिपाठीमाथि आक्रमणमा संलग्न एक जनालाई पक्राउ गरिएको र अन्यको खोजी भएको जानकारी दिए ।