बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरण गरेर ब्राण्डिङ गर्नुपर्ने बताएका छन् ।बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको ११ औं वार्षिकोत्सव उद्घाटन गर्दै उनले विदेशबाट बर्सेनि अर्बौं रुपैयाँको मदिरा आयात हुने गरेको भन्दै आयात प्रतिस्थापन गर्न घरेलु मदिरालाई उद्योगबाट उत्पादन गरी गुणस्तरीय र ब्राण्डेड बनाउनुपर्ने बताए ।घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरण गर्न सक्ने हो भने गाउँघरमा हजारौं रोजगारी सिर्जना हुने र मानव स्वास्थ्यको जोखिम पनि कम हुने उनले बताए ।
हामी विदेशबाट सामान आयात गरेर बेच्ने र नाफा कमाउनेमा मात्रै सीमित भयौं, आफ्नै देशमा उत्पादन गरौं, रोजगारी सिर्जना गरौं भन्नेमा ध्यानै छैन’ मुख्यमन्त्री चौधरीले भने,‘मदिराकै कुरा गर्ने हो भने नेपालमा मगर, थारु लगायत जातिले घरेलु मदिरा उत्पादन गरिरहेका छन्,त्यसको ठूलो मात्रामा कारोबार पनि भएको छ तर करको दायरामा आएको छैन, गुणस्तरमा पनि प्रश्न छ, त्यसैले यसलाई उद्योगमा रुपान्तरण गरेर गुणस्तरीय र ब्राण्डेड मदिरा नेपालमै बनाउन सकिन्छ ।
मुख्यमन्त्री चौधरीले घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरणका लागि निजी क्षेत्रसँग मिलेर अध्ययन गर्न प्रदेश सरकारले ८ करोड वजेट छुट्याएको भन्दै यसको सदुपयोग गर्न आग्रह गरे ।विदेशी पर्यटकलाई विदेशी मदिरा नभई नेपालकै ब्राण्डेड मदिरा बेच्न सके विदेशी मुद्रा आर्जन हुने उनले बताए ।