
लामिछानेले शुक्रबार साँझ फेसबुकमा भनेका छन्, ‘कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ऋण मागेको–लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन ।’
उनले आफू संसदीय छानबिनसँग र ‘कांग्रेसको देश डुबाउने’ राजनीतिसँग डराएको नडराएको पनि बताएका छन् । ‘तर मलाई मात्र एक पटक बोल्न दिन तपाईँहरू चाहिँ किन डराएको ? डर र रवि लामिछाने एकै ठाउँमा बस्दैनन् थापा जी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ’, लामिछानेको भनाइ छ ।