काठमाडौँ । भारत भ्रमणमा रहेका नेपाली सांसदहरूले उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेलसँग भेटघाट गरेका छन् ।प्रतिनिधि सभा अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोरको नेतृत्वमा सांसद तथा समितिका कर्मचारीहरूले राज्यपाल पटेलसँग उत्तर प्रदेशको राजभवनमा भेटघाट गरेका हुन् ।
भेटघाटमा दुई देशको राजनीतिक, सांस्कृतिक तथा आर्थिक विषयमा कुराकानी भएको बताइन्छ । भेटमा राज्यपाल पटेलले उत्तर प्रदेशका विश्वविद्यालयसँग नेपालको विश्वविद्यालयबिच भएको सम्झौताबारे स्मरण गराएकी थिइन् । सम्झौता कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्दै राज्यपाल पटेलले दुवै देशको विश्वविद्यालय बिच भएको सम्झौता अनुसार शैक्षणिक आदानप्रदान, भाषा सिकाइ, विद्यार्थीको शैक्षिक भ्रमणलाई विस्तार गर्न आग्रह गरेको राज्यपालको कार्यालयले जनाएको छ ।
ADVERTISEMENT

