सुस्तापश्चिम । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको टर्वाइन बजेट अभावमा मर्मत हुन सकेको छैन । मुलुककै पुरानोमध्येको उक्त जलविद्युत्मा १५ वर्षदेखि टर्वाइन बिग्रिएको छ ।प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रका उपकरण पुरानो हुनुका साथै जीर्ण बन्दै गएको छ । नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो ।करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युत्मा मर्मत र पूर्वाधार विकासको अभाव देखिएको केन्द्रका प्रमुख पीताम्बर भुसालले बताए ।
उनका अनुसार १५ मेगावाट विद्युत् उत्पादन क्षमता भएको उक्त केन्द्रबाट अहिले चारदेखि पाँच मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । तीन वटा टर्वाइन भएको जलविद्युत् केन्द्रमा दुई टर्वाइनले मात्र विद्युत् उत्पादन गरिरहेको छ भने एउटा टर्वाइन बिग्रेर थन्केको प्रमुख भुसालले जानकारी दिए । उनका अनुसार बजेट अभावले गर्दा टर्वाइनको मर्मत नभएको हो ।
दुई देशको दुईपक्षीय सम्झौताअनुसार पानीको मात्र घटाउने–बढाउने भारतीय पक्षको जिम्मामा रहेकाले हामीले पर्याप्तमात्रामा पानी नपाएको उहाँले गुनासो गर्नुभयो । विद्युत्का विभिन्न उपकरण मर्मत तथा भौतिक अवस्था सुधार गर्नका लागि स्रोत खोजी भइरहेको प्रमुख भुसालको भनाइ छ ।
विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय र सम्बन्धित निकायको ध्यान नजाँदा अहिले उक्त केन्द्र जीर्ण बनेको छ । धेरै पुरानो प्रविधिका कारण क्षमतामा ह्रास आएको जलविद्युत् केन्द्रका प्रमुख भुसालले बताए । ‘पुरानो उपकरणकै कारणले पनि भारतको विहार वाल्मीकि नगरबाट लिने विद्युत्लाई पनि पूर्ण क्षमतामा लिन नसक्ने अवस्था छ’, उनले भने ।
यहाँको उपकरण र विद्युत् भोल्टेजले पुराना उपकरणलाई जलाउनसक्ने भुसालको भनाइ छ । जलविद्युत् केन्द्रका क्यानलमा सिल्ट (बालुवा) भरिएर पनि विद्युत् उत्पादनमा समस्या भएको उनले जानकारी दिए ।गण्डक व्यारेज त्रिवेणीमा सिल्ट (बालुवा) थिग्य्राउने उपकरण भए पनि काम लाग्ने अवस्थमा छैन’, प्रमुख भुसालले भने । अहिले गण्डक जलविद्युत् केन्द्रमा रहेका उपकरणलाई परिवर्तन गरी सुधार गर्नुपर्ने आवश्कता देखिएको उनको भनाइ छ ।