काठमाडौं । नयाँ आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन तोकिएको समयसीमा अनुसार नै गर्न अर्थ मन्त्रालयले नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिएको छ ।अर्थमन्त्री डा. प्रकाशशरण महतले बुधबार नेपाल सरकारका सबै मन्त्रालयका सचिवललाई अर्थमा डाकेर यस्तो निर्देशन दिएका हुन् । उनले १५ साउनबाट समय सीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन निर्देशन दिए ।
ADVERTISEMENT

