काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ । बुधबार बिहान ११ बजे बस्ने समितिको बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको हो ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेको सचिवालय सदस्य प्रतिभा रावलले समितिको बैठकमा सहभागी हुन पत्र प्राप्त भएको बताइन् । समितिका सभापति रामहरि खतिवडाले पनि गृहमन्त्री लामिछाने भोलिको बैठकमा सहभागी हुने बताए । समितिको बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई बोलाइएको खतिवडाले बताए ।

