कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुखलाई बुझाए राजीनामा पत्र
zeenepal
२०८० चैत्र २१,
3
Shares
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएको पत्र प्रदेश प्रमुख तिलक परियारसमक्ष बुझाएका छन् ।बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका शर्माले प्रदेश प्रमुखको कार्यालयमा पुगेर पत्र बुझाएका हुन् प्रदेशसभाको बुधबारको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको थियो ।
तर गठबन्धनको शीर्ष नेतृत्वमा कर्णाली एमालेलाई छाड्ने सहमति भएपछि शर्माले राजीनमा दिएका छन् ।शर्माको राजीनामा सँगै कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा सरकार बनाउन बाटो खुलेको छ । एमालेले पहिलो पटक कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाउने भएको छ ।