लुम्बिनीका मुख्यमन्त्री महराले लिए सपथ, ३ जना बिनाविभागिय मन्त्री नियुक्त
zeenepal
२०८० चैत्र २५,
15
Shares
दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री महराले मुख्यमन्त्री पदको सपथ ग्रहण गरेका हुन् ।
मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख शेरचनले आजै प्रदेश सरकारमा ३ जना मन्त्री नियुक्त गर्दै सपथ समेत खुवाएका छन् । महरा नेतृत्वको मन्त्रिपरिषदमा पहिलो चरणमा एमालेबाट चेतनारायण आचार्य, माओवादीबाट दिपेन्द्र पुन सिजल र जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिरले सपथ लिएका छन् ।
नयाँ सत्ता समिकरणबाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा महरा रहेको उनी निकट स्रोतको दाबी छ ।महरालाई एमाले, माओवादी, जसपा, लोसपा, नउपा सहित एक जना स्वतन्त्र सांसदले समर्थन जनाएको महराको दाबी छ ।सपथ ग्रहणमा निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, प्रदेशसभाका सभामुख तुलाराम घर्ती, एमाले संसदीयदलका नेता लिला गिरी लगायतको उपस्थिती रहेको छ ।