काठमाडौँ । विदेशमा बसेर व्यापार, व्यवसाय गर्दै आएका गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी गरेका छन्। गैरआवासीय नेपाली व्यवसायी सङ्घ (एनआरएन बिजनेश एसोसिएसन) नामक संस्था सञ्चालन गर्ने तयारी भएको हो अमेरिकाको टेक्सासमा व्यवासाय गर्दै आएका गौरीराज जोशीले विदेशमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई समेट्न संस्थाको मुख्य उद्देश्य रहेको बताए । जोशी गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचनमा महासचिवमा समेत विजयी भएका थिए ।सर्वोच्च अदालतको कहिदिन अघिको फैसलाले कुमार पन्तको नेतृत्वपछि बनेका सबै कार्यसमिति खारेज गरेको थियो । सर्वोच्चले ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएको छ ।
नयाँ संस्था सञ्चालनको तयारीमा जुटेका जोशीले एनआरएनएभित्र चरम राजनीति हाबी भएको बताउँदै अब यो संस्थाको औचित्य नहरेको समेत दाबी गरे ।‘अब यस्ता संस्थामा लागेर बस्नु भनेको समय बर्बाद गर्नु मात्र हो। आफू–आफूबिच इगो पालेर केही हुँदैन । एनआरएनएको औचित्य शून्य भइसक्यो। यहाँ झगडा गर्दै बस्नुको कुनै अर्थ छैन,’ उनले भने।

