
नयाँ संस्था सञ्चालनको तयारीमा जुटेका जोशीले एनआरएनएभित्र चरम राजनीति हाबी भएको बताउँदै अब यो संस्थाको औचित्य नहरेको समेत दाबी गरे ।‘अब यस्ता संस्थामा लागेर बस्नु भनेको समय बर्बाद गर्नु मात्र हो। आफू–आफूबिच इगो पालेर केही हुँदैन । एनआरएनएको औचित्य शून्य भइसक्यो। यहाँ झगडा गर्दै बस्नुको कुनै अर्थ छैन,’ उनले भने।