निर्वाचन विधेयक तत्काल संसद्मा पेश हुन्छ : उपप्रधानमन्त्री लामिछाने
zeenepal
२०८० चैत्र २५,
30
Shares
काठमाडौँ — उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचनसम्बन्धी विधेयक तत्काल संसद्मा पेश गर्ने बताएका छन् । आइतबार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले राजनीतिक दलसम्बन्धी विधेयक र निर्वाचन आयोगसम्बन्धी विधेयक तत्काल संसद्मा पेश गर्ने बताए ।उनले निर्वाचन आयोगले समग्र निर्वाचनमा प्रणालीमा देखिएको विकृति, विसंगतिको समस्या हल हुने र राजनीतिक दलहरु र सिंगै मुलुकको लोकतन्त्र बलियो हुने विश्वास समेत व्यक्त गरे। आफूले आयोगका पदाधिकारीलाई निर्वाचनसँग सम्बन्धित विधेयकहरु संसद्मा पेश गरेर चाँडो भन्दा चाँडो ती विधेयकलाई पारित गर्ने हुटहुटी आफूमा रहेको कुरा पनि आयोग समक्ष राखेको उपप्रधानमन्त्री लामिछानेले बताए ।
आयोगले विशेष गरेर यो निर्वाचनलाई सही ढंगले लिएर जाने हाम्रो अहिले पछिल्लो समय जुन निर्वाचन प्रणाली छ । राजनीतिक रुपमा जुन अलि बिचलन जस्तो देखिएको छ । जसका कारणले प्रभाव परेको छ । त्यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरामा अत्यन्तै प्रभावकारी हुने विषयहरु निर्वाचन आयोगले राखेको छ,' उपप्रधानमन्त्री लामिछानेले भने, 'ती कुराहरु यदि हामीले समावेश गर्नसक्यौँ र जुन विशेष गरेर राजनीतिक दलसम्बन्धी कानूनको कुरा र निर्वाचन आयोग सम्बन्धी कानून, यिनलाई कानूनमै व्यवस्था गर्न सकियो भने साँच्चै निर्वाचनमा एउटा जुन किसिमको अपेक्षा गरिएको छ । राजनीतिक दलहरुको राजनीतिक चरित्रको विषयमा । र, त्यसबाट निर्देशित भएर समाज कसरी अगाडि बढ्छ भन्ने विषयमा यो अत्यन्तै ठूलो कोशेढुंगो सावित हुन्छ भन्ने लागेको छ ।'
अब पनि ती विधेयकहरु अड्काउनुपर्ने कुनै कारण नै नरहेको बताए । 'विधेयक अडकाउनुपर्ने कुनै कारण नै छैन । केही कारण छ भने अन्तिम छलफल गर्नु होला । त्यो अन्तिम छलफल पछाडि तुरुन्तै लिएर अघि बढौँ,' उनले भने, 'म आफ्नै कार्यकालमा चाँडो भन्दा चाँडो यो चिज सम्पन्न गर्ने हुटहुटीमा छु भनेको छु ।'आइतबार निर्वाचन आयोगले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई भेटेर निर्वाचन र दलसम्बन्धी कानूनका विषयमा छलफल गरेको थियो ।