
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाको प्रमुख उपस्थितिमा सम्पन्न उक्त बैठकले समानुपातिक विज्ञापन नीतिलाई कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । बैठकमा उपाध्यक्ष सापकोटाले तीनै तहका सरकासँगको समन्वयमा मिडिया बचाउने र पत्रकार टिकाउने योजना निर्माण गर्नुपर्ने बताए ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार मिडिया मैत्री रहेको र सञ्चार कानुनहरू निर्माणमा लागिरहेको बताए । उनले कानुन निर्माणमा र नीति कार्यक्रममा रचनात्मक सुझाव–सल्लाह दिन प्रेस सेन्टरसँग आग्रह गरे । उनले आमसञ्चार विधेयकमार्फत सञ्चार क्षेत्रमा पुनःर्सरचना गर्न लागिएको उल्लेख गरे ।बैठकमा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा प्रचार विभाग सचिव गोविन्द आचार्यले सङ्गठनको भावि योजना र नेपाल पत्रकार महासङ्घलगायत साझा सञ्चार संस्थाहरूमा खेल्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिएका थिए ।बैठकले सङ्गठन विस्तार र सुदृढीकरणसहित स्वरोजगार मिडिया, समानुपातिक विज्ञापन नीति कार्यान्वयन तथा सङ्गठनको आन्तरिक पक्षमा महत्वपूर्ण निर्णय लिएको महासचिव सन्तोष पौडेलले जानकारी दिए ।