काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यसम्पादन समिति सदस्य एवं सशस्त्र प्रहरी बलका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठले आफूमाथि कुटपिट भएको एक महिना बित्दा पनि प्रहरीले गम्भीर अनुसन्धान नगरेको गुनासो गरेका छन् ।राप्रपा कार्यसम्पादन समितिको बैठकमा भएको विवादलाई लिएर श्रेष्ठमाथि उपाध्यक्ष विक्रम पाण्डेको समूहले २७ फागुनमा कुटपिट गरेको थियो । लगत्तै आफूले ठाडो उजुरी दिएको र कानुनी उपचार खोज्ने पार्टी निर्णयपछि विधिपूर्वक प्रहरी वृत्त, महारागञ्जमा किटानी जाहेरी दिएको उनले बताए ।श्रेष्ठले भने, ‘तर एक महिना बितिसक्दा पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।
राजधानीमा भएको घटनामा अनौठो किमिसले प्रहरीले अहिलेसम्म मान्छे समात्न सकेन ।’उनले पूर्वमन्त्री विक्रम पाण्डेसहित केही व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग गरेको कसूरमा जाहेरी दिएका थिए । प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी अमर थापा भने आरोपीहरूको खोजी गर्ने कार्य भइरहेको दाबी गर्छन् ।
ADVERTISEMENT

