नेपालगन्ज २९ चैत ।मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र ईद पर्व बिहीबार(आज) धुमधामका साथ मनाइरहेका छन् ।यो इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो ।एक महिना दिनसम्म रोजा ब्रत बसेर अन्तिममा ईद मनाइन्छ ।धार्मिक परम्परा अनुसार यस पर्वमा नयाँ लुगा लगाउने, सेवइका परिकार, खिर र मिष्ठान्न परिकार खाने र खुवाउने चलन रहेको छ ।इदको अवसरमा नेपालगन्जका मुस्लिम समुदायले बिहान सामुहिक रुपमा नमाज पढेका छन् ।
नेपालगन्जस्थित विपी चोकमा रहेको ईदगाहमा पुगेर नमाज पढेका हुन्सो क्रममा मुस्लिम र गैरमुस्लिम समुदायबीच अंकमाल गरेर शुभकामना साटासाट गरिएको थियो । ईदको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा पनि दिएको छ ।नमाज पढ्न आसपासका क्षेत्रबाट ठूलो संख्यामा आएकाए जसले गर्दाभित्र नअटेर सडकमै नमाज पढिएको थियो ।
इदमा एक महिना निराहर व्रत बसिन्छ । यो बेला दिनमा ५ पटक नमाज पढिन्छ । तरावी पढिन्छ । एक महिनासम्म दिनभरी व्रत बसेका उनीहरूले सामुहिक नमाज पढिसकेर शुभकामना आदान–प्रदान गरेपछि सेवई खाने गर्छन् ।यो बेला कमाईको अढाई प्रतिशत गरिब, विपन्नलाई दिने गरिन्छ । स्थानीय मुनिर खाँले सामुहिक नमाजमा घरपरिवार, समाज, देशको शान्तिको कामना गरेको बताए । नमाज पढेर निस्केकाहरूसँग अन्य धर्मका अगुवा पनि विपीचोकमा पुगेर अंगालो हाल्दै शुभकामना साटासाट गरेका थिए ।