काठमाडौं ३० जेठ,। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।सरकारी सम्पत्ति बदनियतपूर्वक हिनामिना गरेको आरोपमा यादवविरुद्ध अख्तियारले सोमबार भ्रष्टाचारविरुद्धको मुद्दा दायर गरेको हो ।
यादवले रौतहट, स्थानीय गढीमाई नगरपालिकासँग सेफ नेपाल, गौर-५ रौतहटले लक्षित वर्ग अन्तर्गत जनचेतना मूलक कार्यक्रम र महिला जनचेतना कार्यक्रमको लागि कार्यक्रम संचालन गर्न गढीमाई नगरपालिकाले जिम्मेवारी तोकी सम्झौता गरी नक्कली बिल भर्पाई गरी १ लाख ७२ हजार भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम ऐ. ऐनको दफा ३(१) र दफा ३(१) को देहाय (घ) बमोजिम कैद र विगोबमोजिमको जरिवाना अख्तियारले मागदाबी अख्तियारले गरेको छ ।
ADVERTISEMENT