काठमाडौं । अर्थ मन्त्रालयले पछिल्लो एक महिनामा विविध शीर्षकमा रहेको बजेटबाट साढे ३६ अर्ब रुपैयाँ निकासा दिएको छ ।मन्त्रालयले खर्च नभएको आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र विविध शीर्षकबाट खर्च बढाएको जानकारी दिएको छ । अर्थतन्त्र सुस्ताएका बेला सरकारी खर्चसमेत खुम्चिँदा थप सुस्तता आएको निजी क्षेत्रले आलोचना गर्दै आएको छ ।
कहाँ भयो रकमान्तर ?रकमान्तर बजेट १ खर्ब ६३ अर्बमध्ये सबैभन्दा बढी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भएको छ ।स्वास्थ्य मन्त्रालय मातहत निकायले ६४ करोड ४१ लाख रुपैयाँ रकमान्तर गरेका छन् । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४८ करोड ८६ लाख रकमान्तर गरेको छ ।२८ स्थानीय तहका लागि पालिकाअन्तर्गत निर्माणाधीन आधारभूत अस्पतालको कार्यप्रगति तथा मोबिलाइजेसन भुक्तानीको रकमान्तर गरिएको छ । उक्त शीर्षकमा ४९ करोड २४ लाख ३१ हजार खर्च भएको छ ।
छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको पारिश्रमिक र भत्ता भुक्तानी गर्न स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमका लागि ३२ लाख रकमान्तर भएको छ ।मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्चबापत मासिक ५ हजार रुपैयाँका दरले उपलब्ध गराइने रकम भुक्तानी गर्न १४ करोड ८५ लाख निकासा भएको छ ।
त्यस्तै भौतिक मन्त्रालय अन्तर्गत महाकाली करिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर) अन्तर्गत विकास निर्माण निर्देशनालयका लागि ७० लाख रुपैयाँ रकमान्तर गरी खर्च भएको छ ।सडक निर्माण दायित्व प्राथमिकता आधारमा भुक्तानी गर्न सडक डिभिजन घोराही (दाङ) लाई ९ करोड ४ लाख निकासा दिइएको छ ।
उत्तर–दक्षिण राजमार्ग (कर्णाली, कालीगण्डकी र कोशी) का लागि करार सेवा शुल्क स्वीकृत दरबन्दीको करार कर्मचारीमा नपुग रकम बराबर २ लाख ९६ हजार पठाइएको छ ।रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षण अन्तर्गतका कार्यालयहरूमा २५ करोड ९ लाख रुपैयाँ रकमान्तर भएको छ ।
तमोर करिडोर चतरा–मुलघाट–सुभाडखोला सडक योजना मुलघाट (सुनसरी) का लागि १४ करोड निकासा गरिएको छ ।मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई ऋण लगानी गर्न औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ऋण लगानी गर्न २ करोड २४ लाख दिएको छ ।
रक्षा मन्त्रालय मातहत जंगी अड्डा, सैनिक हवाई महानिर्देशनालय, वीरेन्द्र अस्पताल (पोस्ट एक्सिडेन्ट सेन्टर समेत) र राष्ट्रिय सेवा दल अन्तर्गतका कार्यक्रममा थपघट र रकमान्तर गरिएका छन् ।स्थानीय तहबाट खर्च हुने गरी स्वास्थ्य मन्त्रालय अन्तर्गत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ५५ करोड ७२ लाखको कार्यक्रम संशोधन गरी रकम पठाइएको छ ।
कृषि विकास मन्त्रालय अन्तर्गत पशु सेवा विभागको आग्रहमा ४८ करोड बराबरको कार्यक्रम संशोधन भएको छ ।सहरी विकास मन्त्रालय अन्तर्गत ४५ करोड ४५ लाख तथा प्रदेशअन्तर्गत १ करोड ८१ लाखका कार्यक्रम संशोधन भएका छन् ।नेपाल विद्युत् प्राधिकरणमा सरकारको ऋण लगानी रहने गरी १ अर्ब ६३ करोड १७ लाख रुपैयाँ निकासा गरिएको छ ।