नागरिकता विधेयक पारित गर्न दबाब दिँदै तमलोपाको प्रदर्शन
zeenepal
२०७९ जेष्ठ ३०,
3
Shares
जनकपुरधाम ३० जेठ। तराई मधेस लोकतान्त्रिक पार्टीले नागरिकता विधेयक पारित गर्न दबाब दिँदै जनकपुरधाममा प्रदर्शन गरेको छ । जनकपुरधामको जनक चोकबाट निस्केको जुलुस सोनारपट्टी, राम चोक, विद्यापति चोक, विसहारा चोक, कदम चोक, भानु चोक, शिव चोक हुँदै पुनः जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
राष्ट्रिय सभाका पूर्व सदस्यसमेत रहेका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले संघीय सांसदहरुकै कारण नागरिकता विधेयक लामो समयदेखि पारित नहुँदा जन्मसिद्ध तथा अंगीकृत नागरिकका सन्तानहरुलाई निकै समस्या हुँदै आएको बताए । उनले कयौं नागरिक नागरिकताविहीन हुँदा पनि राज्य जिम्मेवार नभएको आरोप लगाए
संघीय सांसदहरुलाई नागरिकता विधेयक पारित गर्न आग्रह गर्दै उनले यस पटक पनि नागरिकता विधेयक पारित नगरेमा चरणवद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिए ।