बाँके प्रहरी : जघन्य अपराधका ६४ मुद्दामा ५४ फर्च्यौत
zeenepal
२०८१ बैशाख २,
18
Shares
नेपालगन्ज । बाँके प्रहरीले चालु आर्थिक वर्षको ८ महिनामा जघन्य प्रकृतीका ६४ मुद्दामा ५४ वटा मुद्दाको फर्च्यौत गरेको छ । बाँके सरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीसँगको पत्रकार परिचयात्मक अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले यस्तो विवरण सुनाएको हो ।अन्तरक्रियामा प्रहरीको कार्य प्रगति विवरण सार्वजनिक गर्दै बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले कर्तव्य ज्यान मुद्दामा ८ मुद्दा दर्ता भएकोमा ६ वटा फर्च्यौत भएको, मानव वेचविखन तथा ओसारपसारमा ९ मुद्दा दर्ता भएकोमा ८ वटा फर्च्यौत भएको, डाँका चोरीमा ५ मुद्दा दर्ता भएकोमा ३ फर्च्यौत भएको जानकारी दिए । त्यसैगरी बाँकेमा जबरजस्ती करणीमा ४२ मुद्दा दर्ता भएकोमा ३७ मुद्दा फर्च्यौत भएको डिएसपी डाँगीले बताए ।
उनका अनुसार साईबर अपराध सम्बन्धी उजुरीमा ९८ वटा मुद्दा दर्ता भएकोमा ७ वटा मुद्दा मात्र फर्च्यौत भएको छ भने ७८ वटा मुद्दा तालुक कार्यालयमा पठाइएको छ । जिल्लामा चैत्र मसान्त सम्ममा १०८६ मुद्दा दर्ता भएकोमा सानेही अवधिमा अनुसन्धानका लागि ५०८१ जनालाई पक्राउ गरिएको डीएसपी डाँगीले बताए । प्रहरीले फैसला कायान्यन तर्फ २३२ जनालाई पक्राउ गरि अदालतमा बुझाएको र २३ लाख ४७ हजार जरिवाना असुल भएको प्रहरीले जनाएको छ ।अन्तरक्रियामा बोल्दै प्रहरी प्रमुख कार्कीले आफ्नो कार्यकाल मिडीया मैत्री बनाउने प्रतिबद्धता ब्यक्त गरे । उनले प्रहरीसँग भएका सबै सूचना उपलब्ध गराउने र अनुसन्धानमा प्रभाव पार्ने सूचनाको सुरक्षा गर्न पत्रकारहरुलाई आग्रह गरे । अपराध नियन्त्रणमा शुन्य सहनशिलता अवलम्बन गर्ने दृढता ब्यक्त गर्दै कार्कीले प्रहरी संगठनलाई पूर्ण व्यवसायिक बनाइने बताए ।अन्तरक्रियामा उपस्थित पत्रकारहरुले प्रहरीलाई व्यवसायिक बन्न र समयमा सूचना उपलब्ध गराउन आग्रह गरेका थिए ।
बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले तोकिएको जिम्मेवारी बहन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । बाँकेका सञ्चारकर्मीसँग आइतबार भएको अन्तरक्रियामा उनले भने, ‘म कति बस्छु भन्दापनि म जादाँखेरी यसरी नै नियमन्त्रण गरेर जानेछु, त्यो वातावरणको लागि मैले कायम राख्नेछु ।’ आफुले गर्ने कामको मुक्त कण्ठले प्रशंसक जस्तै लेख्न पत्रकारहरुलाई एसपी कार्कीले अनुरोध गरे ।
आफुले कहिल्यै पनि समस्यालाई उजागर मात्र नगर्ने बताउँदै कुनै समस्या समाधानका लागि सञ्चारकर्मीबाट समर्थन भएमा समाधान गर्ने स्पष्ट पारे । ‘मैले कहिल्यै पनि यहाँहरुलाई यो गर्नुस् भन्ने छैन, मेरो टिमले कसैलाई तर्साउने छैन, र तर्सिने पनि छैन,’ एसपी कार्कीले भने ।