नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जको वडा नम्बर १८ बाट हराएको मोटरसाइकल फेला पारेर सवारी धनीलाई बुझाएको छ । हिजो राती ८ बजे नेपालगन्ज १८ स्थित बागेश्वरी रोधी घर अगाडी पार्किङ गरि राखेको अवस्थामा हराएको मोटरसाईकल प्रहरीले बवारिसे अवस्थामा फेला पारी सवारी धनीलाई बुझाएको हो ।
सवारी धनी बर्दिया राजापुर नगरपालिका २ का सन्दीप थारुले गरेको उजुरीको आधारमा खोजीका लागि खटिएको प्रहरी टोलीले सोही वडाको कृष्ण मन्दिर अगाडी बेवारिसे अवस्थाममा छाडिएको मोटरसाईकल प्रहरीले फेला पारेको हो । जिल्ला प्रहरी कार्यालयमा सवारीधनीलाई बोलाएर मोटरसाइकल हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।