काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारी बिच शिष्टाचार भेट भएको छ । भेटमा श्रममन्त्री डोलप्रसाद अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरे ।हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सिपयुक्त बनाउन चाहन्छौ । त्यसैले श्रमिकको सीप विकासमा तपाईहरुको सहयोगको अपेक्षा गर्छौ,’ मन्त्रीले भभने ।
कतारले नेपाली श्रमिकलाई रोजगारीको अवसर दिएकोमा मन्त्री अर्यालले धन्यवाद दिए । ‘कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु । कतारले मर्यादित र व्यवस्थित श्रमको अभ्यास गरेको छ । जुन प्रसंशनिय छ,’ उनले भने ।नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारीले नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुक भएको बताए ।
कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान रहेको बताए । नेपाली श्रमिकको सीप विकास लागि कतार सहयोग गर्न कतार सधै तयार रहेको उनले स्पष्ट पारे ।नेपाली श्रमिकको सिप विकासका लािग के के गर्नुपर्छ, प्रस्ताव ल्याउनुहोस । हामी सबै खालको सहयोग गर्न तयार छौ,’ उनले भने ।

