
यता सुनसरीको बराहक्षेत्र नगरपालिका-५ जमटोकीस्थित सडकमा चतराबाट पकलीतर्फ जाँदै गरेको प्रदेश १-०२-०४२ प ५०४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक भोजपुर षडानन्द नगरपालिका-१ नेपालेडाँडा बस्ने २२ वर्षीय सुजन गौतमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै रामेछाप, खाँडादेवी गाउँपालिका-३ भिरपानीमा तिल्पुङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.८९ प ४३८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मन्थली नगरपालिका-२ कठजोर बस्ने २६ वर्षीय अशोक नेपालीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको खाल्टे अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको मन्थली अस्पतालमा उपचार भइरहेको छ ।यसैगरी रुपन्देहीको देवदह नगरपालिका-१० चरङ्गेमा लु.३ प ९२८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ९ फिट तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-१० बस्ने २९ वर्षीय रमेश रानाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ