सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ : सचिव भट्टराई
zeenepal
२०८१ जेष्ठ ४,
6
Shares
काठमाडौँ — नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत लिन कुनै समस्या नरहेको बताएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले सत्ता समीकरण सुविधाजनक बहुमतमा रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत लिन कुनै अफ्ठ्यारो नरहेको बताए ।जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिन प्रतिनिधिसभामा पत्राचार गरिसकेका छन् ।
यस्तोमा एमाले सचिव भट्टराईले प्रधानमन्त्री दाहालले सुविधाजनक बहुमत प्राप्त गर्न दाबी गरे ।उनले सरकारले अध्यादेशमा बजेट ल्याउने नसोचेको भन्दै मुलुक अध्यादेशमा जान्छ कि जाँदैन भन्ने कुरा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा निर्भर भएको बताए । उनले सहकारी समस्याको सन्दर्भमा कुनै खास व्यक्तिलाई केन्द्रित गरेर छानविन समिति बनाउन सत्तापक्ष सहमत नभएको स्पष्ट पारे ।