
उनले भने,‘पेट्रोलियम पदार्थको आयात गरिरहेका छौँ । नेपालसँग भएका स्रोतहरूको प्रयोग भइरहेको छैन । जुन देशले आफूसँग भएका स्रोतको सही ढङ्गले अप्टिमम प्रयोग र सदुपयोग गर्न सक्दैन । त्यो देशमा समृद्धिको यात्रामा प्रभाव पर्छ ।
नेपाल जलस्रोतको धनी देश भनिरहेका छौँ । स्रोत उपलब्धताको दृष्टिकोणबाट हेर्दा स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्नको लागि ग्रिन अर्थतन्त्रको कुरा गर्न सान्दर्भिक छ । अब सरकारले ग्रिन अर्थतन्त्र,ग्रिन आर्थिक विकासका बारेमा चर्चा गर्न ढिला भएको छ । सरकारले यसमा प्राथमिकता दिएर नीति तथा कार्यक्रममा लैजानुपर्ने आवश्यकता पैदा भएको छ ।’