माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीचको मोर्चा बन्ने दाबी
zeenepal
२०८० बैशाख ३,
18
Shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले केही दिनभित्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका बीचमा मोर्चा बन्ने दाबी गरेका छन् ।आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक चौधरीले १५ दिन भित्रमा नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका बीचमा मोर्चा बन्ने बताएका हुन् ।
उनले मोर्चाले सकारात्मक रूप लिएमा पार्टी एकतासम्म हुने सम्भावना रहेको बताए । आफूहरू पार्टी निर्माण र पार्टी एकताको अभियानमा लागिरहेको उनको भनाइ थियो ।उनले भने, ‘अब हामी १०/१५ दिन भित्रै नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जसपाको बिचमा मोर्चा बनाउँदै छौँ ।
सकारात्मक रूप लियो भने यो एकतासम्म जान सक्ने सम्भावना छ । त्यो ठाउँमा हामी पुगेका छौँ । अहिलेसम्म हामी सरकार निर्माणमा लागेका थियौँ ।अब पार्टी एकता, पार्टी निर्माण गर्ने अभियानमा छौँ ।’सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेकपा एकीकृत समाजवादी का सांसद राजेन्द्रप्रसाद पाण्डेले भने पार्टी एकताको सम्बन्धमा कुनै प्रगति हुन नसकेको बताए ।तर, वामपन्थी विचारधाराका दलहरूसँग मोर्चा र एकीकरणका लागि छलफल भने चलिरहेको उनले पनि बताए ।