इलाम । इलाम २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारीलाई तीव्रता दिएको छ । बिहीबार बसेको सर्वदलीय बैठकमा १५ गतेका दिन सार्वजनिक यातायातका साधन बन्द गरिएको जानकारी दिइएको हो ।
एक सय ४९ मतदान केन्द्रमा खटिने अधिकृत र सहायक अधिकृत गरी तीन सय सात जनालाई सक्रिय गराएको सर्वदलीय बैठकमा जानकारी गराइयो ।कर्मचारीलाई मतदान केन्द्रमा पुगेपछि कसरी मतदानस्थल निर्माण गर्ने, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिको मतदान कसरी व्यवस्थापन गर्ने, मतपेटिका निर्माण, मतपेटिका देखिनेगरी कसरी राख्ने, मतदान सम्पन्न भएपछि तयार पारिने मुचुल्का, मतपोटिका बन्दलगायत विषयमा कर्मचारीहरूलाई तालिम दिइसकेको पनि जानकारी दिइयो ।

