
दक्ष जनशक्ति सुविधा सम्पन्न पूर्वाधार निर्माण गरेर संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ”, उनले भने । उनले राष्ट्रको स्वास्थ्य जनशक्तिको आवश्यकता परिपूर्ति गर्ने कार्यमा यस संस्थानले सधैँ नै उच्चरुपको मान्यता राखन र सोही अनुसारका योग्य चिकित्सक उत्पादन गर्न शुभकामना दिए । उनले आवश्यकताको परिपूर्तिका लागि विभिन्न प्रकारका स्रोतको उपलब्धता सुनिश्चितता गर्नेतर्फ आफूले पहल गरिरहेको बताए ।
संस्थानलाई अब्बल बनाउन सिफारिस गरिएका सुझावलाई आफूले स्वीकार गरी संस्थानलाई राम्रो बनाउनका लागि थप बजेट तथा लगानी गर्ने गरेको उनको भनाइ छ । प्रधानसेनापति शर्माले संस्थाको गरिमा र गुणस्तरलाई कायम राख्न सबैको ध्यानाकर्षण गराए । उनले सूचना प्रविधिमा पोख्त हुँदै आफ्नो दक्षता प्रदर्शन गर्न विद्यार्थीहरुलाई आग्रह गरे । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले संस्थान छोटो अवधिमा विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको र प्रतिस्पर्धामा उच्च स्तरको रहेको बताए ।